Gajendra Budhathoki

Gajendra Budhathokiराष्ट्रिय पत्रकारिता पुरस्कार विजेता गजेन्द्र बुढाथोकी, काठमाडौंमा कार्यरत आर्थिक/विकास पत्रकार हुन । २०५२ सालदेखि  पत्रकारितामा निरन्तर संलग्न रहँदै आएका गजेन्द्र नेपाल सरकारद्वारा राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७३ द्वारा सम्मानित पत्रकार हुन्, उनी नेपालका युवा पत्रकारहरूमध्येबाट अन्तर्राष्ट्रिय पुरस्कार Asian Development Bank Institute Japan बाट Developing Asia Journalism Award 2004 पाउने पहिलो नेपाली पत्रकार हुन ।

Paraplegic Journalist

Nepal’s first wheelchair user journalist .

उनले प्रेस काउन्सिल नेपालद्वारा सशक्त कलम पुरस्कार, नेपाल सरकार गरिबी निवारण कोषद्वारा राष्ट्रिय पत्रकारिता पुरस्कार, रिपोर्टर्स क्लबद्वारा उत्कृष्ठ युवा पत्रकार , युनिसेफ/नेपाल प्रेस इन्स्टिच्युट, क्षेत्रीय सञ्चार स्रोत केन्द्रद्वारा उत्कृष्ठ पत्रकार-१९९६, रोटरी इन्टरनेसल डिस्ट्रिक्ट ३९९२ बाट ROTARY JOURNO AWARD (Economy and Community Development),  सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड-  विराटनगरद्वारा ओमप्रकास गोयल आर्थिक पत्रकारिता पुरस्कार,  सत्-विचार साप्ताहिकद्वारा अपांग पत्रकारिता पुरस्कार, ICT Association of Nepal द्वारा High willpower ICT Personality of Nepal सम्मान, नेपाल आर्थिक पत्रकार समाजद्वारा “आर्थिक पत्रकारिता सम्मान“, नेपाल छालाजुत्ता व्यवसायी संघद्वारा “पत्रकार सम्मान“लगायतका पुरस्कार र सम्मानद्वारा सम्मानित भइसकेका छन्।

First Development Asia Journalism Award winner in 2004. Gajendra is the first young Nepalese journalist, who is the winner of such international award.

First Development Asia Journalism Award winner in 2004. Gajendra is the first young Nepalese journalist, who is the winner of such international award.

हाल नेपालका पहिलो राष्ट्रिय आर्थिक दैनिक कारोबारका समाचार सम्पादक रहेका गजेन्द्रको कारोबार दैनिकमा साप्ताहिक स्तम्भ ‘बेसलाइन’ सहित नेपालका विभिन्न आर्थिक जर्नलहरूमा नियमित आर्थिक विश्लेषण प्रकासित हुने गरेको छ ।

गजेन्द्र, समकालीन नेपाली अर्थतन्त्र र आर्थिक उदारीकरणका २० वर्ष पुस्तकका लेखक हुन् भने Voice of Asia का सहलेखक हुन् । बुढाथोकीको सम्पादनमा नेपालको उड्डयन अर्थतन्त्र पुस्तक प्रकासित छ ।

बुढाथोकी नेपाल सरकारकोअपांगता भएका नागरिकहरूका अधिकार रक्षासम्बन्धी उच्चस्तरीय सरकारी संयन्त्रका सदस्यसमेत रहेका थिए ।